२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं,११ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १२ हजार ८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १८४ जना र ११ देखि २० वर्षका ५१३ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ३ हजार ७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २ हजार ६२२ जना रहेका छन् । ४१ देखि ५० वर्षका १ हजार ३९५, ५१ देखि ६० वर्षका ९०४ जना, ६१ देखि ७० का ४६८ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका २०७ जना रहेका छन् । ८० वर्षमाथिका ७८ जना संक्रमित भएका छन् । ५४ जनाको उमेर खुलेको छैन । त्यसैगरी अहिले देशभर ८८ हजार ९३४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार