गृहपृष्ठ पछिल्लो २४ घन्टामा मुलुकभर थप २ हजार ५२६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा मुलुकभर थप २ हजार ५२६ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर थप २ हजार ५२६ जनामा कोरोना संक्रमण भएको छ । ११ हजार ७३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर ५२ लाख ६३ हजार ८३० जनामा पीसीआर परीक्षण गर्दा ९ लाख ६४ हजार ११९ जनामा संक्रमण पुष्टि भएको छ भने ९ लाख ८५ हजार ७८९ जनामा एन्टीजेन परीक्षण गर्दा १ लाख ३३ हजार ४७० जनामा एन्टीजेन पोजिटिभ भेटिएको छ ।
मन्त्रालयका अनुसार शुक्रवार ८ हजार ४२५ संक्रमित उपचारपछि निको भएका छन् । यससँगै निको हुनेहरूको संख्या ८ लाख ९५ हजार ८६८ रहेको छ ।
शुक्रवार १६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर हालसम्म ५६ हजार ४५७ सक्रिय संक्रमित रहेका छन् ।






