२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ नेपालले आजदेखि चारदेशीय शृंखला खेल्ने

नेपालले आजदेखि चारदेशीय शृंखला खेल्ने

काठमाडौँ। आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजबाट सुरु हुने चारदेशीय शृंखला खेल्दैछ । शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो ।

नेपाल सहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ । ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् ।

यस शृंखला पछि १४ सदस्यीय टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । यो चारदेशिय सिरिजको प्रतक्ष्य प्रशारण हिमालय टिभीले गर्ने नेपालको पहिलो खेल आज दिउसो ३:४५ मा सुरु हुनेछ नेपाल सुखद् सुरुआतको योजना सहित मैदान उत्रनेछ । नेपाली टोलीलाई जित प्राप्तिको लागि अग्रिम शुभकामना ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार