२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

काठमाडौँ। साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ ।

नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

बिहीबार नेप्से परिसूचक २५६६।७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ । लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।

बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।

सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार