गृहपृष्ठ पाल्पा भैरबस्थान रुपन्देही परिवारद्वारा पाँचौ स्थापना दिवशको अवसर पारि रक्तदान कार्यक्रम सम्पन्न
पाल्पा भैरबस्थान रुपन्देही परिवारद्वारा पाँचौ स्थापना दिवशको अवसर पारि रक्तदान कार्यक्रम सम्पन्न
बुटवल । पाल्पा भैरबस्थान रुपन्देही परिवारले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस भवन बुटवलमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
पाल्पा भैरबस्थान रुपन्देही परिवारले रक्तदान लगायतका अन्य सामाजिक कार्यहरु गर्दै संस्थालाई अगाडी बढाउने संस्थाका उपाध्यक्ष अर्जुन बिश्वकर्माले बताउनुभयो । यस्तै संस्थाका सचिब जीवन अधिकारीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । उक्त रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो ।






