गृहपृष्ठ गुल्मीमा रहेको आखाँ उपचार केन्द्रमा आखाँ शिविर संचालन
गुल्मीमा रहेको आखाँ उपचार केन्द्रमा आखाँ शिविर संचालन
गोकर्ण पाण्डे, गुल्मी । गुल्मी जिल्लाको सदमुकाम तम्घासमा रहेको आखाँ उपचार केन्द्रमा २ दिन नि:शुल्क आखाँ शिविर सञ्चालन भएको छ । डाक फाउण्डेनको सहयोग तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको आयोजनामा बिहीबार र शुक्रबार सञ्चालन भएको शिविरबाट चार सय जनाले आखाँ उपचार गराएको आखाँ उपचार केन्द्र गुल्मीका प्रमुख सुर्य बहादुर बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार एक सय जनाको मोतिबिन्दुको अपरेसन भएको बताए । उनका अनुसार शिविरमा ३ महिना देखि ९१ बर्ष सम्मका व्यक्तिहरुले सेवा लिएको जानकारी दिए । आखाँ शिविरबाट अपरेसन गराउन पाउँदा खुसी भएको सेवाग्राहीहरुले बताए । आखाँ अपरेसन गरेर देख्ने बनाएकोमा सेवाग्राहीहरुले डाक फाउन्डेसनलाई धन्यवाद पनि दिए । पैसा नभएर अपरेसन गर्न नपाएर बसेका मानिसहरु अपरेसन गर्न पाउँदा खुसी भएको बताए ।
आखाँ उपचार गर्न गुल्मी, बाग्लुङ र अर्घाखाँचीबाट आएको आखाँ उपचार केन्द्रका प्रमुख सुर्य बहादुर बस्नेतले जानकारी दिए । गुल्मीले जिल्लामा प्रत्येक महिना शिविर सञ्चालन गरिरहेको छ ।





