२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ इन्डियन प्रिमियर लिग : मुम्बई इन्डियन्स आठौँ खेलमा पनि पराजित

इन्डियन प्रिमियर लिग : मुम्बई इन्डियन्स आठौँ खेलमा पनि पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले आठ खेल खेल्दा खाता खोल्न सकेको छैन।

आइतबारको खेलमा मुम्मबई लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पराजित भएको हो। गएराति लखनउनले मुम्बईलाई ३६ रनले पराजित गरेको हो।

लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो।

मुम्बईका लागि कप्तान रोहित शर्मा ३९, तिलक वर्माले ३८ रन जोडे भने केइरन पोलार्डले १९ रन बनाए।

लखनउका कुर्नाल पान्डयले ३ तथा जासन होल्डर, आयुस बाडोनी, रबि बोस्नाई र मोशिन खानले एकएक विकेट लिए।

पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो। लखनउका कप्तान केएल राहुलले अविजित १ सय ३ रनको आकर्षक शतकीय इनिङ खेले।

मुम्बईका केइरन पोलार्ड र रिले मेरेडिथले दुईदुई विकेट लिए। आईपीएलको नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अंक बनाएको छ। अंक जोड्न नसकेको मुम्बई तालिकाको अन्तिममा छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार