गृहपृष्ठ त्रिविद्वारा बिदा सम्बन्धि अत्यन्तै जरुरी सूचना प्रकाशित (सूचना सहित)
त्रिविद्वारा बिदा सम्बन्धि अत्यन्तै जरुरी सूचना प्रकाशित (सूचना सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा जेठ १३ गतेसम्म वर्षे विदा दिने भएको छ । त्रिविका अनुसार नियमित परीक्षा भने रोकिने छैन् । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको हो ।
त्रिवि कार्यकारी परिषद्को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन विदा दिएको सूचना प्रकाशित भएको छ ।
विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरुको नियमित परीक्षा भने यथावत सञ्चालन गर्ने कुरा जारी सूचनामा स्पष्ट पारिएको छ ।
हेर्नुहोस सूचना : 





