गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था ?
मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था ?
काठमाडौँ । पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली छ ।
दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने आँकलन गरिएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
शनिबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।





