गृहपृष्ठ इटालियन सिरीए : इन्टर मिलानसँग इम्पोली पराजित
इटालियन सिरीए : इन्टर मिलानसँग इम्पोली पराजित
काठमाडौँ । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउदै इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा इम्पोलीलाई ४–२ अन्तरले पराजित गरेको छ ।
शुक्रबार रातिको पुनरागमन जितसहित इन्टर शीर्षस्थानमा उक्लदै उपाधि दाबेदारी बलियो बनाएको छ ।
इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल गरे । जितसँगै इन्टरको ३६ खेलबाट ७८ अंक छ ।





