गृहपृष्ठ तिलोत्तमाकी १२ बर्षिया बालिकालाई बलत्कार गर्ने ५९ बर्षिय पुरुष रंगेहात पक्राउ
तिलोत्तमाकी १२ बर्षिया बालिकालाई बलत्कार गर्ने ५९ बर्षिय पुरुष रंगेहात पक्राउ
तिलोत्तमा । आईतवार सांझ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ सिमानगरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। बुटवल उपमहानगर पालिका वडा नं ११ का आफन्त पर्ने ५९ बर्षिय पुरुषले तिलोत्तमा-३ सीमानगरकी ति युवतीलाई बलत्कार गरेको प्रहरीले बताएको छ।
बालिकालाई मिठाई खान जाने प्रलोभन देखाएर चिनजानका छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलत्कार गरेको प्रहरीसंगको प्रारम्भिक बयानमा स्वीकार गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले बताउनुभयो ।
बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीको टोलीले तत्काल बुटवल उप-महानगरपालिका-११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको डिएसपी केसीले बताउनुभयो।
उनी बिरुद्ध जिल्ला अदालत रुपन्देहीमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको केसीले बताउनुभयो । बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ।






