गृहपृष्ठ आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै : यस्तो छ कार्यसूची ?
आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै : यस्तो छ कार्यसूची ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको छ।
नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रम लगायतमा केन्द्रित हुनेछन्। सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट सार्वजनिक हुनेछ। दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे उक्त कार्यक्रम सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नुहुनेछ।






