२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनामा संक्रमण पुस्टि

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनामा संक्रमण पुस्टि

काठमाडौं । पछिल्लो समय छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ४११ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ जना रहेका छन् ।

२४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७८ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शून्य सङ्क्रमित भएको ३२ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आज १३ हजार ८२९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म होम आइसोलेशनमा १०२ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार