२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ यूइएफए नेसन्स लिग : बेल्जियम नेदरल्यान्ड्ससँग ४-१ गोल अन्तरले पराजित

यूइएफए नेसन्स लिग : बेल्जियम नेदरल्यान्ड्ससँग ४-१ गोल अन्तरले पराजित

काठमाडौँ । बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे ।

घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले सुरुआती ३ अंक जोडेको छ । बेल्जियमा पुछारमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार