गृहपृष्ठ अपोलो अस्पतालका चिकित्सकहरुको दाबी : मुटु र फोक्सो प्रत्यारोपणमा सफलता मिलिरहेको छ, बिरामी चिन्तित हुनुपर्दैन
अपोलो अस्पतालका चिकित्सकहरुको दाबी : मुटु र फोक्सो प्रत्यारोपणमा सफलता मिलिरहेको छ, बिरामी चिन्तित हुनुपर्दैन
काठमाडौं। भारत नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका चिकित्सकहरुले फोक्सो र मुटु सम्बन्धी समस्याका कारण बिरामी चिन्तित हुनुपर्ने समय समाप्त भएको दाबी गरेका छन् । उनीहरुले आफ्नो अस्पतालमा फोक्सो र मुटु प्रत्यारोपण एकपछि अर्को गर्दै सफल भइरहेकाले यो सम्बन्धी समस्याबाट ग्रसित बिरामी चिन्तित हुन आवश्यक नभएको दाबी गरेका हुन्। काठमाडौँ र्यााडिसन होटलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा.एम.एस कुँवर, कार्डियक इलेक्ट्रोफिजियोलोष्टि र इन्टरभेन्शनल कार्डियोलोजिष्ट, वरिष्ठ सल्लाहाकार डा.वनिता अरोरा, सिनिय कन्सल्टेन्ट कार्डियोथोरासिक एण्ड हार्ट एन्ड लङ ट्रान्सप्लान्ट सर्जन डा.मुकेश गोयलले साझारुपमा यस्तो धारणा राखेका हुन् ।
डा.कुवंरले हालसम्म आफ्नो अस्पतालमा डेढ दशकको अवधिमा ९० जनाको मुटु र १९६ जनाको फोक्सो प्रत्यारोपण भएको सुनाएका थिए । ‘ जततातै मुटु या फोक्सोको बिरामी बढेका छन् । उपयुक्त उपचार नपाउँदा उनीहरुको अवस्था कमजोर छ । यदि उनीहरुको समयमै प्रत्यारोपण गर्ने हो भने उनीहरुको आयु थपिने छ,’ डा.कुँवरले भने । उनले मुटु या फोक्सो प्रत्यारोपण जटिल भएपनि विज्ञान, प्रविधि, आफूहरुको ज्ञान, सिप र अनुभवका कारण सफल भइरहेको बताए । तर यस्ता जटिल खाले प्रत्यारोपण गरिसकेपछि भने बिरामीले आफ्नो स्वास्थ्यमा निकै ख्याल गर्न जरुरी रहेको उनको भनाई थियो । ‘विकसित मुुलुकहरुमा दशकौँदेखि लोकप्रिय रहेको फोक्सो प्रत्यारोपण अहिले भारतमा पनि तुलनात्मक परिणामसहित उपलब्ध छ । विभिन्न मुलुकका बिरामीहरु हाम्रो अस्पताल यो सेवा लिन आउने क्रम बढेको छ । उनीहरुमध्ये कतिपय सेवाका लागि पालो कुरिरहेका छन्,’ कुवंरले भने ।
कार्यक्रममा डा.अरोराले मुटु प्रत्यारोपण पनि जटिल र संवेदनशिल भएको तर यसमा आफूहरुले सफलता हासिल गरिरहेको बताइन् । ‘ कमजोर मुटु भएका बिरामीहरुमा प्रयोग गरिने अर्को विशेष उपचार प्रक्रिया भनेको फिजियोलोजीकल पेसिङ हो, जहाँ मुटुमा विद्युतीय बाइपास गर्न तल्लो चेम्बर लिड राखेर दुबै चेम्बर पेसमेकर प्रयोग गरिन्छ । यसले मुटुको कार्यमा व्यापक सुधार गर्छ । यद्धपि, यी सबै उपकरणहरु प्रशिक्षित हातहरुमा हुनुपर्छ,’ उनले भनिन् । डा.गोयलले फोक्सोको दीर्घकालिन बिरामी भएर बाँच्नु बिरामी र परिवारका लागि निकष्टकर तथा खर्चिलो हुने भएकाले समयमै फोक्सो प्रत्यारोपण गर्न सकेमा दुबै पक्षलाई फाइदा हुनेमा जोड दिएका थिए ।
फोक्सो प्रत्यारोपण पछि बिरामीले गुणस्तरीय जीवनको आनन्द लिन सक्ने बताए । उनले मुटु या फोक्सो प्रत्यारोपणमा नेपालका बिरामीले भारतका बिरामीसरहनै सेवासुविधा पाउने पनि बताए । अपोलो अस्पताल भारतको पहिलो जेसीआई मान्यता प्राप्त अस्पताल हो । सन १९९६ जुलाईबाट सेवा दिन थालेको यो अस्पताल दिल्ली सरकार र अपोलो अस्पताल इन्टरप्राइज लिमिटेड बीचको संयुक्त उद्यम हो ।





