गृहपृष्ठ पन्थी समाजको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
पन्थी समाजको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
बुटवल । गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज बुटवलको सातौं साधरणसभा तथा तेस्रो अधिवेशन जेठ २८ गते शनिबार बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड कलेजको सभाहलमा सम्पन्न भयो।लुम्बिनी प्रदेशसभा सांसद बिष्णु पन्थीको प्रमुख आतिथ्यता,समाजका उपाध्यक्ष वासुदेव पन्थीको अध्यक्षता र राम प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे।
कार्यक्रमका प्रमुख अतिथि सांसद बिष्णु पन्थीले शुभकामना मन्तव्य राख्दै समाजले गरेको पन्थीहरूको वंशावली निर्माण लगायत सामाजिक र अनुसन्धान कार्यको प्रशंसा गर्नुभयो र उहाँले समाजको भवन निर्माण गर्न जग्गा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि गर्नुभयो।
अधिवेशनले वासुदेव पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत तरिकाले चयन गरेको छ।जसअनुसार उपाध्यक्षमा बिष्णुहरि पन्थी,सचिवमा राम प्रसाद पन्थी, सहसचिवमा हिरण्य पन्थी, कोषाध्यक्षमा प्रकाश पन्थी र सदस्यहरूमा टीकाराम पन्थी,रोमहर्ष पन्थी, पिताम्बर पन्थी, मुक्तिनाथ पन्थी, सावित्री पन्थी, दामोदर पन्थी, गीताराम पन्थी र रामप्यारी पन्थी चयन हुनुभएको छ। यस्तै उक्त अधिवेशनले कृष्ण प्रसाद पन्थीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन गरेको थियो। लेखा समितिको सदस्यमा लोकनाथ पन्थी र विशाल पन्थी चयन भएका थिए।
भारद्वाज गोत्रीय पन्थी वंशको मूल थलो गौली भन्ने ठाउँ हो भनेर भनिएकोले त्यसैलाई आधार मानी पन्थी वंशको वंशावली तयार गर्न र पन्थीका धार्मिक, सामाजिक, सांस्कारिक आदि विषयको अध्ययन र अनुसन्धान गर्न गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजको स्थापना २०७० सालमा भएको थियोे।





