२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ प्रतिनिधि सभाको आज बिहीबारको बैठकमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

प्रतिनिधि सभाको आज बिहीबारको बैठकमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको आज बिहीबार को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

सांसदहरूले रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा उठाएको प्रश्नमा उनीहरूले जवाफ दिन लागेका हुन् । बुधबारको बैठकमा ती मन्त्रालय र निकायको समेत जवाफ दिई सकिने समय तोकिएकामा राति साढे ९ बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार