२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ बिश्वकप २०२२ खेल्ने ३२ राष्ट्र कुन देश कुन ग्रुपमा छन् ? हेर्नुहोस्

बिश्वकप २०२२ खेल्ने ३२ राष्ट्र कुन देश कुन ग्रुपमा छन् ? हेर्नुहोस्

काठमाडौं । फिफा विश्वकप कतार २०२२ का लागि ३२ राष्ट्र छनोट भइसकेका छन् । मंगलबार अल रेयान स्टेडियममा कोस्टारिकाले न्युजिल्याण्डलाई हराएपछि ३२ राष्ट्रको टुंगो लागेको हो। यहि आउदो २१ नोभेम्बरमा चार खेलसहित विश्वकप सुरु हुनेछ। सेनेगल र नेदरल्याण्ड्सले उद्घाटन खेल खेल्ने अवसर पाएका छन् ।

इंग्ल्याण्डले आईआर इरानसँग, आयोजक कतारले इक्वेडरसँग खेल्नेछ। पहिलो दिनको अन्तिम खेलमा वेल्ससँग अमेरिकाको खेल हुनेछ। ६४औँ र अन्तिम खेल १८ डिसेम्बरमा लुसेल स्टेडियममा हुनेछ।

कुन समूहमा कुन राष्ट्र ?
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया,अस्ट्रेलिया
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार