२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ आज शनिबार देशभरको मौसमी अवस्था कस्तो रहनेछ ? हेर्नुहोस्

आज शनिबार देशभरको मौसमी अवस्था कस्तो रहनेछ ? हेर्नुहोस्

काठमाडौं । आज देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुनेछ ।

मनसुनी वायुको प्रभावले अहिले पनि देशभर आशिकदेखि सामान्य बदली रहि प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा अन्य भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार भने देशका धेरै स्थानहमा हल्कादेखि मध्यम वर्षा हुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार