२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ बाढी डुवान तथा आगलागीबाट हुने क्षति न्युनिकरण सम्बन्धी जनचेतनामूलक कक्षा सुरु

बाढी डुवान तथा आगलागीबाट हुने क्षति न्युनिकरण सम्बन्धी जनचेतनामूलक कक्षा सुरु

ज्ञानेश्वर सहानी, नवलपरासी । पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह का कक्षा ६ देखि १२ सम्मको विधालयहरू मा बाढी, डुवान तथा आगलानी बाट हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु भएको छ ।

नेपाली सेनाको गोरखदल गण परासीको आयोजना मा बाढी डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी कक्षा सन्चालन अभ्यास सुरु गरेका छ ।घरायसी प्रयोगका सामगी्र मार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले बिधाथीहरुलाई जानकारी गराएको थियो ।

बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले विधाथीहरुलाई समेत सचेत गराउन कक्षा सन्चालन अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डाका सहायक रथी नवराज गुरुङ्ग सहित शिक्षक , विधाथी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार