गृहपृष्ठ बुटवलको एक होटलमा एक युवती झुन्डिएको अवस्थामा फेला
बुटवलको एक होटलमा एक युवती झुन्डिएको अवस्थामा फेला
बुटवल । बुटवलस्थित पाल्पाली होटलमा एक युवती मृ’त अवस्थामा फेला परेकी छिन । बुटवल उप-महानगरपालिका -३ मा रहेको सो होटलमा बुटवल -११ कि २१ बर्षिय समिक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेको इलाका प्र’ह’री कार्यलय बुटवलका प्र’ह’री प्रमुख ठग बहादुर के.सी.ले बताएका छन । प्र’ह’रीका अनुसार गएराती ती युवती र एक युवा होटलमा बस्न गएको जनाइएको छ।
‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटल संचालकले फोन गरेका गर्नुभएको थियो ।’–उनले भने । युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्र’ह’री प्रमुख केसीले बताए । युवतीको श’व पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छ ।





