२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउ जियानचाओले गरे प्रधानमन्त्री देउवासँग भेट

चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउ जियानचाओले गरे प्रधानमन्त्री देउवासँग भेट

काठमाडौँ । चार दिनका लागि नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आजै (आइतबार) मात्र नेपाल आइपुगेका जियानचाओले पहिलो भेट प्रधानमन्त्री देउवासँग गरेका छन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । परराष्ट्रमन्त्री खड्काले जियानचाओको सम्मानमा होटल मेरियटमा रात्रीभोज आयोजना गरेका छन् । उनले जिम्मेवारी सम्हाले लगत्तै नेपाल भ्रमण गर्नु र यहाँको शीर्ष राजनीतिक नेतृत्वसँग संवाद गर्नुलाई चीनले नेपाललाई प्राथमिकता दिइएको रूपमा विश्लेषण गरिएको छ ।

गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट शुरु गरेका छन् । उनले नेपाल आउनुअघि नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल संवाद गरेका थिए । भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार