गृहपृष्ठ नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. बुटवलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. बुटवलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा शुक्रवार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूहमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु आठ समुहले प्रतिस्पर्धा गरेका थिए । जसमा विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा, कम्प्युटर, समसामयिक मामला र नेपाली विद्याहरुबाट प्रश्नहरु सोधिएको थियो ।
जसमा ममता अधिकारी, मोदनाथ पौडेल र मितेश क्षेत्रीको समूह प्रथम, प्रशान्त भुसाल,सुजन थापा र दिपक वि.क. को समूह द्वितीय र ममता अधिकारी, मनोज यादव र लोक बहादुर वि.क. को समूह तृतीय भएको थियो ।प्रथम, द्वितीय र तृतीय हुने समूहलाई तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले वितरण गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा ११ र १२ का अतिरिक्त क्रियाकलाप प्रमुख अंग्रेजी शिक्षक दिपक ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा व्यवस्थापन, कानुन तथा शिक्षा समूह इन्चार्ज अर्जुन खनाल,इन्जिनियरिङ इन्चार्ज भिमराज खनाल र व्यवस्थापन समूह शिक्षक केशव भण्डारी लगायतले धारणा राख्नु भएको थियो । नवीन विद्यार्थी क्लवका अध्यक्ष विशाल पोखरेल, शिशिर ज्ञवाली, किरण गिरी, मदन भण्डारी लगायतले सहजीकरण गर्नु भएको थियो ।
विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नेपालमा अगुवाई गरि रहेको छ जस अन्तरगत २०७८ साल कक्षा १२ को बोर्ड परीक्षामा सिभिल इन्जिनियरिङ, विज्ञान र व्यवस्थापन समुहबाट बुटवल उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा सर्वोत्कृष्ट भएर हालै २ लाख पुरस्कार प्राप्त गरेको छ अर्को तर्फ विद्यालयले खेलकुद तर्फ फिल्ड, ट्रयाक, कराते, तेक्वान्डो, नृत्य लगायत समग्र क्षेत्रमा प्रशिक्षण दिदै आएको छ । विद्यालयमा स्टाफ नर्स, खेलकुद प्रशिक्षक रहनु भएको छ । विद्यालयमा हाल करिव ४००० विद्यार्थी १५० शिक्षक तथा कर्मचारीहरु रहेका छन।






