गृहपृष्ठ छोटो समयमा लोकप्रिय बन्दै तीज गीत “नाचम नाचम ओइ” (भिडियो सहित)
छोटो समयमा लोकप्रिय बन्दै तीज गीत “नाचम नाचम ओइ” (भिडियो सहित)
सुमन ढकाल, काठमाडौं । केहि दिन अघि मात्र बजारमा आएको “नाचम नाचम ओइ” बोलको नयाँ तीज गीतले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको छ। गीतमा पछिल्लो समयका चर्चित गायक अर्जुन सापकोटा र गायिका अन्जु पोख्रेलको स्वर रहेको छ । गीतमा सर्जक कृष्ण बश्यालको शब्द रचना रहेको छ भने गायक सापकोटाकै लय रहेको छ।
म्युजिक भिडियोमा अर्जुन सापकोटा,करिश्मा ढकाल र सरद एलजीको दमदार अभिनय रहेको छ भने म्युजिक भिडियोलाई अमर सुनारले निर्देशन गरेका छन्। प्रकाश खड्काको छायांकन रहेको म्युजिक भिडियोलाइ पदम सुबेदीले सम्पादन त्यस्तै कलर मिलन बिश्वोकर्माले गरेका छन् । गीत अर्जुन सापकोटाको अफिसियल युटुव च्यानलबाट बजारमा आएको छ।
गीतको भिडियो हेर्नुहोस् :






