गृहपृष्ठ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नवटिकुलीगढ युवा क्लबद्वारा दिप प्रज्वलन
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नवटिकुलीगढ युवा क्लबद्वारा दिप प्रज्वलन
तिलोत्तमा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नव टिकुलिगढ युवा क्लब द्वारा तिलोत्तमा नगरपालिका वडा नम्बर १४, टिकुलीगढमा विभिन्न क्षेत्रका युवाहरुले दिप प्रज्जवलन गरेका छन । युवामैत्री विश्व निर्माणमा अन्तरपुस्ता ऐक्यबद्धता भन्ने मुलनाराका साथ नव टिकुलीगढ युवा क्लवको आयोजनामा क्लबका अध्यक्ष तोरण गुरुङ्गको अध्यक्षतामा बुद्धि प्रसाद थापाको सन्चालनमा र भरत श्रीस को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अथिती तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् समाजीक विकास समितीका संयोजक रवि सेन्चुरीले युवाहरु भविष्यको मात्र कर्णधार मात्र नभएर वर्तमानका सहयात्री भएकाले स्थानीय तहबाटै युवाहरुलाई राज्यले सहयात्री बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । साथै युवाहरुले सृजनशिलताका माध्यम आफ्नो नेतृत्व र क्षामता विकासका माध्यमबाट समाजिक रुपान्तरणका लागि नेतृत्वदायी भुमिका खेल्नु पर्ने बताए ।

क्लबले विभिन्न समयमा समाजिक तथा सृजनशिल कार्यक्रम गर्दै आईरहेको छ । क्लबले युवालाई खेलको माध्यम बाट शारीरिक तथा मानसिक विकासका निम्ति सेभेन ए साईट खेल खेलाईरहेको छ । त्यस्तै रक्तदान, सरसफाइ, नेतृत्वविकास सम्बन्धि कार्यक्रमहरुका माध्यम बाट समाज सग जोडिरहेको क्लबका अध्यक्ष तोरन गुरुङ्गले बताए । कार्यक्रममा तिलोत्तमा वडा नम्बर १४ का वडा अध्यक्ष अश्विन पौडेल, टोल समिती अध्यक्ष चक्र पुन, दुर्गा नारायण पुन, राहुल पुन लगायत आमा समूह, युवा समुहको सहभागिता रहेको थियो ।






