२०८२ वैशाख ११ गते बिहीवार | April 24, 2025

गृहपृष्ठ अबको दिनमा युवाहरु विदेश जाने हैन, देश बनाउने बनाउछु : तिलोत्तमा नगरप्रमुख खाँण

अबको दिनमा युवाहरु विदेश जाने हैन, देश बनाउने बनाउछु : तिलोत्तमा नगरप्रमुख खाँण

तिलोत्तमा । २०७९ अन्तराष्ट्रिय युवा दिवश २०२२ को अवसरमा तिलोत्तमा नगरपालिकाको समाजिक विकास समितीको आयोजनामा युवाको लागि स्थानीय सरकारको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तिलोत्तमा नगरपालिका सामाजिक बिषयगत समितीका संयोजक तथा कार्यपालिका सदस्य रवी सेन्चुरीको अध्यक्ष्यता, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आथित्यता, तिलोत्तमा नगर उप-प्रमुख जागेश्वरदेवी चौधरीको विशिस्ट आथित्यता रहेको थियो ।  कार्यक्रममा  युवामैत्री नगरपालिकाबारे सामाजिक बिषयगत समितीका संयोजक तथा कार्यपालिका सदस्य रवी सेन्चुरीले  कार्यपत्र प्रस्तुत गरेका थिए ।

सोहि कार्यक्रममा बोल्दै  तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले युवालाई विदेश जाने हैन, देश बनाउने बनाउन आफु कम्मर कसेर लाग्ने बताएका छन्। यस बर्षको बजेटमै युवा मैत्री कार्यक्रमलाइ बिशेष प्राथमिकता दिएका उनले युवाको स्वरोजगार, सिप, दक्षता र व्यावसायिक शिक्षाका लागि स्थानिय तह, प्रदेश र संघसंग मिलेर युवा केन्द्रित काम गर्ने बताए। नगरप्रमुख खाणले अहिलेको शिक्षा रोजगारी व्यवसाय, सिप र दक्षताका लागि प्रयोग नभएकोमा दुख ब्यक्त गर्दै अबको शिक्षा विद्यालय स्तरबाट नै प्राबिधिक रुपमा दक्ष बनाउनुपर्ने उनले बताए। युवाहरुको लागि हरेक तबरले नगरपालिका सम्बोधन गर्न तयार रहेको बताउदै नगरप्रमुख खाणले अब विदेश गएका युवाले उतै बसेर हराउने नभई सिप सिकेर तिलोत्तमाको भूमिमा आएर विकाश र समृद्धिमा हातेमालो गर्नुपर्ने बताए।

उक्त कार्यक्रममा बोल्दै विशिस्ट अथिति तिलोत्तमा नगर उप-प्रमुख जागेश्वरदेवी चौधरीले युवाहरु सामाजिक रुपान्तरणको लागि एक जुट हुनुपर्ने बताईन। उनले युवाले समाजका विकृति विसंगतीलाई निरुत्साहित गरि समाजलाई विकास र समाजको समृद्धि तर्फ अगाडी बढाउनु पर्ने बताईन। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत गंगाराम आचार्य, कार्यपालिका सदस्यहरु तथा सबै वडा अध्यक्षहरू, बिषयगत समितिका सदस्यहरु संगै सबै वार्डका प्रतिनिधिमुलक युवाहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा युवालाई कसरी स्वरोजगार बनाउने र के बिषयमा प्रशिक्षण दिदा बाढी युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण तिलोत्तमा नगरपालिकाका सुचना प्रविधि प्रमुख इन्जिनियर सुदिप ढकालले आफ्नो प्रस्तुति दिएका थिए भने कार्यक्रममा सामाजिक बिषयगत समिति सदस्य शोभा रानाको स्वागत मन्तव्य सहित उपस्थित सम्पूर्णलाई स्वागत गरेकी गरेकी थिइन् ।  कार्यक्रम संचालन वडा नं. ९ का वडा सदस्य तथा सामाजिक बिषयगत समितिका सदस्य लबसन गुरुङ्ग (गोबिन्द) ले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार