२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपालमा आज ८८८ जनामा कोरोना संक्रमण पुस्टि, १ जनाको मृत्यु

नेपालमा आज ८८८ जनामा कोरोना संक्रमण पुस्टि, १ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार १ सय ५५ पिसिआर परीक्षणका क्रममा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परीक्षणका क्रममा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै थप ४ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७६ हजार ८३ जना निको भइसकेका छन् । हाल नेपालमा ५ हजार ३ सय ८७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार