२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परीक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परीक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ५ सय २६ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार