२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ नेपालमा आज थप १७९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

नेपालमा आज थप १७९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ६ सय पिसिआर परीक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार