२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप २0३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २0३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा कोरोना पुष्टि भएको हो ।

संकलित नमुनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएकाे थियो । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएको थियो । नेपालमा हालसम्म कोरोना निकाे हुनेकाे संख्या नाै लाख ८४ हजार सात सय १० पुगेको छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार