२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ प्रदेश स्तरमै सम्भवत पहिलो नमुना कार्यक्रम गर्दै तिलोत्तमा-११

प्रदेश स्तरमै सम्भवत पहिलो नमुना कार्यक्रम गर्दै तिलोत्तमा-११

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मा जनप्रतिनिधिसँग युवा अभिमुखिकरण कार्यक्रम हुने भएको छ । यहि असोज १ गते वडा नम्बर ११ मा रहेको कुवँरवर्ती सामुदायिक भवनमा सो कार्यक्रम हुने वडा नम्बर ११ का अध्यक्ष विष्णु बराल क्षेत्रीले बताए ।

रूपन्देही जिल्ला र प्रदेश स्तरमै सम्भवत पहिलो पटक हुन गैरहेको सो कार्यक्रममा उपस्थित हुनको लागि वडा नम्बर ११ का सम्पूर्ण युवाहरूलाई आग्रह गरिएको छ । युवाहरू देश र समाजको विकासका लागि अगाडि बढुन र सामाजिक क्रियाकलापमा उत्तरदायी होउन भन्ने उदेश्यले आयोजना गरिने सो कार्यक्रममा वडा स्तरीय युवा समिति गठन गरिने भएको हो ।

कार्यक्रममा प्रत्येक टोल विकास संस्थाबाट १० जना युवाहरूको उपस्थिति रहनुपर्ने वडा नम्बर ११ का अध्यक्ष विष्णु बराल क्षेत्रीले बताए । १६ वर्षदेखि ४० वर्ष उमेर समुहका युवाहरूको उपस्थिति हुनुपर्ने सो कार्यक्रममा ४ जना युवा महिलाको उपस्थिति अनिवार्य हुनुपर्ने छ । तिलोत्तमा नगरपालिका वाड नम्बर ११ को आयोजनामा हुने सो कार्यक्रममा समावेशीतालाई विशेष ध्यान पुर्याइको युवा मैत्री शासनका अभियन्ता सन्तोष अर्यालले जानकारी दिए यस्तो खालको कार्यक्रम सम्भवत प्रदेश स्तरमै पहिलो नमुना कार्यक्रम सुरु गरिएको अर्यालले बताए  ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार