२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत खेलमा नेपाल कतारसँग पराजित

एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत खेलमा नेपाल कतारसँग पराजित

काठमाडौं । एएफसी यू-२० एसियन कप छनोटको समूह बीअन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल कतारसँग ३-१ गोलको नतिजामा पराजित भएको छ। बहाराइनमा भएको खेलको ३०औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए। यस्तै, पहिलो हाफको इन्जुरी समयमा फ्रि-किकमार्फत गोल गर्दै मोहमद सुरागले कतारको अग्रता दोब्बर पारेका थिए। दोस्रो हाफमा सम्हालिने प्रयास गरेको नेपालले ६० औं मिनेटमा पुनः गोल खायो।

बलियो देखिएको एसियाली पावरहाउस कतारका लागि जासिमल मोहमदले तेस्रो गोल गरेका थिए। त्यसको १७ मिनेटपछि कतारकै डिफेन्डरले दिएको पासमा गोलकिपर अमिर हसनले गल्ती गर्दा नेपालले आत्मघाति गोल उपहार पायो। पराजयसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना कमजोर बनेको छ। सोमबार नै भएको खेलमा बंगलादेशले भुटानमाथि २-१ को कठिन जित निकालेको थियो। पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटानको यो पहिलो हार थियो। यस्तै, पहिलो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोक्न सफल बंगलादेशको भने यो नै पहिलो जित हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार