२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ भोलि सार्वजनिक बिदा (विज्ञप्ति सहित)

भोलि सार्वजनिक बिदा (विज्ञप्ति सहित)

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी गराउनुभयो ।

जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते मङ्गलबार सार्वजनिक दिने निर्णय भएको हो । साथै राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि नेपाल सरकारले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार