गृहपृष्ठ रूपन्देहीको शुद्धोधन फर्साटिकरमा राप्रपा, नेकपा एमाले र जसपाको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन
रूपन्देहीको शुद्धोधन फर्साटिकरमा राप्रपा, नेकपा एमाले र जसपाको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन
रुपन्देही । रूपन्देहीको शुद्धोधन फर्साटिकरमा राप्रपा, नेकपा एमाले र जसपाको संयुक्त प्रचार प्रसार कार्यालय स्थापना भएको छ । कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय बरिष्ठ नेता तथा पुर्व मन्त्री दिपक बोहोराले सदैव जनताको सेवक भएको बताउँदै सबैको एक एक मत प्राप्त गरि राप्रपा, एमाले र जसपाको गठबन्धन विजयी हुने बताए ।
रुपन्देही क्षेत्र नं. ३ एकता भएको क्षेत्र हो । विकासका लागि हामी निर्वाचित भएपछि अल्पकालीन र दीर्घकालीन लक्ष्यलाई गुरु योजना बनाएर काम गर्ने छौँ । जनताको जीवनस्तर कसरी उकास्ने भन्ने नै हाम्रो लक्ष्य हो । यो क्षेत्रको विकास हिँजोका दिनमापनि गरेको अब पनि गर्नेछु; बोहोराले भने, यस क्षेत्रका जनतालाई समृद्धि र प्रदेश र संघबाट भएका राम्रा कामलाई निरन्तरता दिई नयाँ कामबाट समेत सुरुवात प्रतिबद्धता ब्यक्त गर्दछु । राप्रपाका केन्द्रीय सल्लाहकार अध्यक्ष तथा पुर्व मन्त्री निरञ्जन थापाले निर्वाचनमा न्यायधिस भनेको जनताको भएको बताउँदै राप्रपा, एमाले र जसपाको गठबन्धनको के आधारले गठबन्धन भएको हो जनताले बुझेमा मत हाल्न सहज हुने बताए ।

एमालेका अध्यक्ष केपी ओली सरकारमा हुँदा राप्रपा र एमाले मिलेर भारतको नाकाबन्दीको समयमा
नाकाबन्दी हटाउने काम गरी महत्वपुर्ण भुमिका खेलेको बताए । राष्ट्रियताको अडानमा जसपाका उपेन्द्र यादव पनि राष्ट्रियताका लागि आवश्यक भएको बताए । कार्यक्रममा क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले ३ पार्टीको गठबन्धन प्राकृतिक रहेको बताउंदै प्रदेश सभाको निर्वाचन एमाले, राप्रपा र जसपाको जित सुनिश्चित रहेको बताए । राप्रपा, एमाले र जसपाले चुनावी माहोल ल्याएको छ, ३ दल एक ठाउं आएपछि सबै तिर हाम्रा उम्मेदवार जितेको सहि साबित गर्ने दिन आएको छ मंसिर ४ गते प्रमाणित हुदैछ । हाम्रा कहिँ एमालेको कहिं राप्रपाको संयोजक कहिँ जसपाको संयोजक छन् । हाम्रो विभिन्न पद भन्दापनि हाम्रा उम्मेदवारलाई बिजयी बनाउन दत्तचित्त भएर लागेका छौं ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य रामप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ३ का प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले कसैको प्रलोभनमा नपरि रास्ट्रका पक्षमा काम गर्ने हाम्रा उम्मेदवारलाई जिताउन आग्रह गरे । यो क्षेत्र नं ३ ‘ख’ मा जसपाले एमालेबाट प्रदेश सदस्यका उम्मेदवारलाई जिताउनुहोस क मा मलाई एमालेका उम्मेदवारले मत दिएर जिताउनु हुन्छ । मनमा कुबिचार गलत भावना नल्याई एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे । नेकपा एमाले क्षेत्र नं ३ का संयोजक नर बहादुर घर्तिले राप्रपा, नेकपा एमाले र जसपाको गठबन्धनलाई ५ दलिय गठबन्धनलाई परास्त पार्ने बताउँदै मंसिर ४ गतेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा क्षेत्र नं. ३ को प्रतिनिधी सभा सदस्यका उम्मेदवार पुर्व मन्त्री दिपक बोहोरालाई हलोमा मत दिई विजयी बनाउन, क्षेत्र नं ३ क मा जसपाबाट प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवलाई छाता चिन्हमा, क्षेत्र नं. ३ ‘ख’ मा तुल्सी प्रसाद चौधरीलाई सुर्य चिन्हमा मत दिई विजयी बनाउन आग्रह गरे । नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं ३ ख सचिव माधब काफ्लेले नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनले सत्ताधारीहरु डराएको बताउँदै ३ दलले चुनाव जित्ने बताए ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य मातृका प्रसाद यादव, राप्रपाका केन्द्रिय सदस्य तथा क्षेत्र नं ३ निर्वाचन परिचालन समिति संयोजक स्वाती थापा, राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणा, नेकपा एमालेका जिल्ला उप सचिब हितराज पन्थी, नेकपा एमालेका नेता तथा सियारी गाउंपालिकाका पुर्व अध्यक्ष अयोध्या थारु, नेकपा एमालेका नेता तथा शुद्धोधन गाउंपालिकाका पुर्व अध्यक्ष किसुनचन्द चौधरी लगायत ३ दलका केन्द्र, प्रदेश, जिल्ला तथा नगरका नेताहरुको बाहुल्यता रहेको थियो ।






