गृहपृष्ठ नेपालको शहरी क्षेत्रको जनसंख्या बृद्धि
नेपालको शहरी क्षेत्रको जनसंख्या बृद्धि
काठमाडौं । नेपालको शहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिए । २०६८ सालमा शहरी क्षेत्रको जनसंख्या ६३.१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसंख्या ३६.८१ प्रतिशत थियो ।
संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ । ती देशमा कुल जनसंख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन् ।