२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड करिम बेन्जिमालाई

विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड करिम बेन्जिमालाई

काठमाडौं । करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड हात पारेका छन्। रियल मड्रिडका फरवार्ड फ्रान्सेली खेलाडी बेन्जिमाले प्रतिष्ठित बालोन डि ओरको अवार्ड पाएका हुन्।

यो वर्ष रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पार्दा बेन्जिमाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक यो अवार्ड हात पारिसकेका छन् ।

बार्सिलोनाकी एलेक्सिया पुटेलसले सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड जितेकी छन्। बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुदाँ लिभरपुल दोस्रो भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार