२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ मौसम अपडेट : आज देशभरको मौसम कस्तो रहनेछ ? हेर्नुहोस्

मौसम अपडेट : आज देशभरको मौसम कस्तो रहनेछ ? हेर्नुहोस्

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भू-भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ । राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ। बुधबार पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार