गृहपृष्ठ फ्रेन्च लिग वान : पेरिस सेन्ड जर्मेन (पिएसजी) संग मार्सिली १-० गोलअन्तरले पराजित
फ्रेन्च लिग वान : पेरिस सेन्ड जर्मेन (पिएसजी) संग मार्सिली १-० गोलअन्तरले पराजित
काठमाडौं । नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १-० ले पराजित गरेको छ। १० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे।
खेलको ७२ औं मिनेटमा मार्सली दश खेलाडीमा सिमित भएको थियो। सामुयल गिगोले सिधै रातो कार्डको सामना गरेका थिए। यस खेलमा स्टार खेलाडी लियोनल मेस्सीले चोटपछि पुनरागमन गरेपनि गोलविहिन रहे। जितसँगै पिएसजी ११ खेलबाट २९ अंक जोड्दै शीर्षस्थानमा छ। पराजित मार्सली समान खेलबाट २३ अंक सहित चौथो स्थानमा छ।






