गृहपृष्ठ राप्रपा, एमाले र जसपाका उम्मेदवारलाई जिताउन ३ दलिय संयन्त्र
राप्रपा, एमाले र जसपाका उम्मेदवारलाई जिताउन ३ दलिय संयन्त्र
रुपन्देही । रुपन्देही जिल्लाको क्षेत्र नं ३ ‘क’ मा राप्रपा, र जसपाका उम्मेदवारलाई जिताउन ३ दलीय संयन्त्र बनेको छ । ३ दलिय पार्टी नेताका अनुसार दलका उम्मेदवारलाई जिताउनका लागि उच्च
स्तरिय संयन्त्र बनेको हो । नेकपा एमाले, राप्रपा र जसपा आफै पनि क्षेत्र नं. ३ मा अरु सत्ता गठबन्धन भन्दा जनमतका हिसाबले २ गुणा अगाडी भएका दल ह७३घढसन्, अब कार्ययोजनाका साथ अगाडी बढिने एक नेताले बताए ।
क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्यका पदका उम्मेदवार दिपक बोहरालाई जिताउन, क्षेत्र नं ३ ‘क’ प्रदेश सभा सदस्यका उम्मेदवार जसपाका नेता महेन्द्रयादवलाई जिताउन, क्षेत्र नं ३ ‘ख’ मा नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सीप्रसाद चौधरीलाई जिताउनका लागि प्रदेश क को ३ दलिय संयन्त्र बनेको राप्रपाका जिल्ला उपाध्यक्ष अजय ग७३घढसप्ताले बताए । ३ दलिय संयन्त्र ३ सदस्यीय बनेको छ । जसमा जसपाका जिल्ला उपाध्यक्ष सियाराम यादव संयोजक, राप्रपाका जिल्ला उपाध्यक्ष सदस्य र नेकपा एमालेका जिल्ला कमिटी सदस्य सोहन थारु सदस्य रहेका छन् ।
क्षेत्र नं. ३ ‘क’ का तीन दलिय संयन्त्रका संयोजक सियाराम यादवले अब संयन्त्रले आवश्यकता अनुसार संगठन बिस्तार गर्ने, संगठनलाई पूर्णरुपमा परिचालन गर्ने बताए । हामी ३ दलका नेता छौँ हाम्रा उम्मेदवारलाई विजयी बनाउन जनवर्गिय सगठन परिचालन गर्ने देखि बिभिन्न तरिकाले हामी काम गछौँ यादवले भने । हामी गहन ढंगले हाम्रा कामलाई अंगाडी बढाउँदै हाम्रा संगठनलाई पुर्णरुपमा परिचालन गरि अत्यधिक बहुमतका साथ हाम्रा उम्मेदवारले च७३घढसनाव जित्ने गरि संगठनलाई अब पूर्ण परिचालन गर्छौ । यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावमा नेकपा एमाले, राप्रपा र जसपाले आफ्ना उम्मेदवारलाई जिताउन
छलफल, बैठक तथा वडा कार्यालयलाई परिचालन गरिरहेका छन् ।






