गृहपृष्ठ रोनिशा थापा र विशाल गुरुङको अभिनय रहेको “माया जालैमा” गीतले दर्शक श्रोताको मन जित्दै (भिडियो सहित)
रोनिशा थापा र विशाल गुरुङको अभिनय रहेको “माया जालैमा” गीतले दर्शक श्रोताको मन जित्दै (भिडियो सहित)
काठमाडौं । जेनिश शाहीको शब्द र आवाज रहेको “माया जालैमा” गीतले पछिल्ला केहि दिनमा दर्शकको मन जितीरहेको छ । Ace Studio मा रेकर्ड गरियको उक्त गीतमा अनिश बोम्जन लामा र सबिन महर्जनले संगीत भरेका छन् । गीत गायक जेनिश शाहीको आफ्नै अफिसियल युटुब च्यानल Jenish Shahi बाट सार्बजनिक भएको छ।
गीत निकै मिठो बनेको हुनाले धेरै दर्शक श्रोताको मनमा पछिसम्म पनि मन मस्तिक्समा रहने कुरामा सम्पूर्ण टिमले आशा ब्यक्त गरेको छ । उक्त म्युजिक भिडियोमा रोनिशा थापा र विशाल गुरुङको सुन्दर अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको स्क्रिप्ट लेखन र निर्देशन जेनिश शाही स्वयंले गरेका छन् । गीतले धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्न सफल होस् सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट धेरै शुभकामना ।
गीतको पुरा भिडियो हेर्नुहोस् :






