२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले गर्यो विजयी सुरुआत

कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले गर्यो विजयी सुरुआत

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्तियानो रोनाल्डो, जोआ फेलिक्स, राफायल लियोले गोल गरे । भने आन्द्रे एयु र ओस्मान बुकारीले घानाका लागि गोल गरे ।

यो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान समेत बनाएका छन् ।रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार