गृहपृष्ठ रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा मतगणना रोकियो, सुचारु गर्नका लागि आयोगको प्रयास जारी
रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा मतगणना रोकियो, सुचारु गर्नका लागि आयोगको प्रयास जारी
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनामा बढी मतपत्र भेटिए पछी रोकिएको मतणना सुचारु गर्नका लागि छलफल जारी रहेको छ । मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले बिरोध गरेपछि मतगणना रोकिएको हो ।
निर्वाचन अधिकृत उदबीर नेपालीका अनुसार बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको छ । मतपेटिकामा मुचुल्कामा भन्दा ३४ थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतदान स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए । उनीहरु मतगणना छाडेर धर्ना बसेपछि मतगणना रोकिएको हो ।
मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे । उनले दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको र केहीबेरमा मतगणना सुचारु हुने बताए ।





