गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिविले चार वर्षे बिएड अन्तिम (4 year’s B.ED. 4th year) वर्षको नतिजा प्रकाशित गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । नतिजा आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।
यो पनि पढ्नुहोस :
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
गत ३० र ३१ भदौमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा एक लाख २६ हजार ६५३ जना सहभागी परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् । बाँकी ६ जनाको परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिको वेबसाइट अथवा १६०० मा एसएमएस गरेर हेर्न सक्नेछन् । परीक्षामा सहभागी भई सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले नतिजा प्रकाशन भएको मितिले ७ दिन पश्चात मात्र ट्रान्स्क्रिप्ट, माइग्रेसन, प्राभिजनल र ग्रेडवृद्धि प्रमाणपत्रका लागि रसिद काट्न सक्नेछन् । परीक्षामा प्राप्त भएको कुनै विषयको ग्रेड अथवा अंकमा चित्त नबुझे १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिनसक्नेछन् ।





