२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ गायक तथा संगितकार सौगात सायरको “तिम्रो याद” आधुनिक गीत बुटवलमा एक कार्यक्रमका बिच सार्वजनिक

गायक तथा संगितकार सौगात सायरको “तिम्रो याद” आधुनिक गीत बुटवलमा एक कार्यक्रमका बिच सार्वजनिक

इज्जत कंडेल, बुटवल । गायक तथा संगितकार सौगात सायरको स्वर तथा एरेञ्ज रहेको “तिम्रो याद” बोलको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त आधुनिक गीत लुम्बिनी प्रदेशका सांसद माननीय भोज प्रसाद श्रेष्ठले बुटवलमा होटल न्यु इरामा एक कार्यक्रमका बीच लोकापर्ण गर्नुभएको हो । गीतका संगितकार तथा निर्माता आर.पि बादल हुन् त्यस्तै गीतका गीतकार पम्फा बन्जाडे, छायाँकन तथा निर्देशक विष्णु भट्टाराई रहेका छन भने दृश्य निर्माण अविरल फिल्मसबाट भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद भोज प्रसाद श्रेष्ठले गीत संगितको क्षेत्रमा समेत मोफलसल अघि रहेको बताउनुभयो । राष्ट्रियस्तरमा हुने गायन तथा नृत्य प्रतियोगितामा रुपन्देहीबाट प्रतिनिधीत्व हुदै विश्वभर पुराउन सफल हुदै आएको बताउदै सांसद श्रेष्ठले नेपाली गीत संगितको विकास र संरक्षणमा सबैको चासो पुग्न आवश्यक रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ संगितकार सुरेश सेञ्चुरीले गीत सोचे भन्दा धेरै राम्रो बनेको बताउनुभयो । समयअनुसार नयाँ पुस्ताको मनछुने सृर्जना निकाल्न सेञ्चुरीले आग्रह गर्नुभयो । हिट हुने नाममा कलाकारले समाजमा विकृति ल्याउने खालका गीत ल्याउन नहुने बताउनुभयो । नेपाली गीत संगित तथा संस्कृतिको विकासमा राज्यबाट नै चासोको साथ हेरिनुपर्ने संगितकार बताउनुभयो । गीतमा एरेञ्ज तथा स्वर राखेका चर्चित आधुनिक गायक सौगात सायरले दर्शक तथा स्रोताहरुको चाहाना अनुसार गीत तय भएको बताउनुभएको छ । गीत निर्माण गर्दा सहयोग गर्नेहरुलाई धन्यवाद प्रकट गर्दै गीत संगितको विकासमा सबै तह लाग्नुपर्नेमा जोड दिए । राज्यले कलाकारलाई पहिचान दिने परिचयपत्र उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गीतकार तथा निर्देशक ऋषिराम न्यौपानेले गित संगित भित्र सन्देश र प्रेरणा भयो भने त्यस्ता सृर्जना जिवन्त हुने बताउनुभयो । नेपाली गीत संगितमा विकृति र विसंगति आइरहेको भन्दै यि यस्ता गीतहरु परिवारमा बसेर हेर्ने लायक नभएको न्यौपाने बताउदै सभ्य सृर्जन गर्नले कलाकारलाई आग्रह गरे । नेपाली संगित क्षेत्रको श्रीबृद्धिका लागी चासो देखाउनुपर्ने कुरा औँल्याउदै कलाकार बन्न निश्चत मापदण्ड हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गायक सौगात सायरको माता विष्णुदेवी सुनार, साहित्यकार रुद्र ज्ञवाली, निर्देशक मनिष पन्थ, मोडल दिनेश पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

गीतको पुरा भिडियो हेर्नुहोस् : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार