गृहपृष्ठ तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ मा वडा नं. ४ र वडा नं. १ विजयी
तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ मा वडा नं. ४ र वडा नं. १ विजयी
तिलोत्तमा, २३ पौष । तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ मा वडा नं. ४ र वडा नं. १ विजयी भएका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा वडा नं. ४ ले वडा नं ५ माथि ५२ रन तथा दोस्रो खेलमा वडा नं १ ले वडा नं ११ माथि २ रनको जित निकालेको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको वडा नं. ४ ले १९ .४ ओभरमा १० विकेट गुमाएर १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि शिखर चन्दले ३८, शुलभ ढुंगानाले २३ र धिरेन राकेशले २१ रङ र भुवन खत्रीले ६ रनको योगदान दिए । प्रतिश्प्रधात्मक लक्ष्य पछ्याएको वडा नं. ५ केवल १६.३ ओभरमा ६६ रनमा समेटियो ।खेलमा वडा नं. ४ का भुवन खत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो खेलमा वडा नं. १ ले टस जितेर ब्याटिङको निर्णय गर्दै १६ ओभरमा सबै बिकेट गुमाएर ११८ रनको लक्ष्य खडा गरेको थियो । वडा नं. १ का बिशाल न्यौपाने र सुन्दर न्यौपानेले क्रमश: ४१ र ३३ रङ बनाए भने सुमन बस्याल र बिपिन भट्टराईले १५ र १२ रनको योगदान दिएका थिए । निकै प्रतिश्प्रधाका बीच रोमान्चक बनेको खेलमा फराकिलो लक्ष्य पछ्याएको वडा नं. ११ का ब्याट्सम्यानहरु पुरै ओभरमा केवल ११६ रनमात्र बनाउन सफल भयो, जसले गर्दा झिनो अन्तरले पराजित भयो ।
वडा नम्बर ११ का लागि सोवित थापा र प्रेम थापाले २१ र २४ रङ बनाए भने सुजन खनाल र सुजन गिरिक्रमश ३३ र २७ रन जोड्न सके। आज सम्पन्न दोस्रो खेलमा वडा नं १ का बिशाल न्यौपाने म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार पहिलो खेल वडा नं २ र १६ तथा दोस्रो खेल वडा नं ६ र १७ का बीचमा हुने संयोजक प्रकाश न्यौपानेले बताए ।






