गृहपृष्ठ टिप्पर दुर्घटना हुँदा पाल्पामा चालकको ज्यान गयाे
टिप्पर दुर्घटना हुँदा पाल्पामा चालकको ज्यान गयाे
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा टिप्पर दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खसेको हो । बुधबार राती भएको दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
दुर्घटना भई टिप्पर सडकबाट खसेपछि घटना स्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गर्दा चालकलाई फेला नपारेपछि विहिबार विहान पुन : खोजी गर्ने क्रममा न्यौपानेको शव तिनाउ खेलामा फेला परेको हाे । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





