गृहपृष्ठ वामी सेवा समाज जापानद्धारा मृगौला पीडित रायमाझीलाई ५० हजार ३ सय आर्थीक सहयोग
वामी सेवा समाज जापानद्धारा मृगौला पीडित रायमाझीलाई ५० हजार ३ सय आर्थीक सहयोग
रुपन्देही । वामी सेवा समाज जापानले मृगौला पिडित हिरा रायमाझीलाई आर्थिक सहयोग गरेको छ।
गुल्मी मुसिकोट नगरपालिका १, पौदी अरेवा (माइतीघर मुसिकोट नगरपालिका ७ वामी) निवासी हिरा रायमाझीको उपचारार्थ समाजले ५० हजार ३ सय आर्थिक सहयोग गरेको हो ।
विगत १ बर्ष देखि दुवै मृगौलासहित मुटु रोग, मधुमेह, थाइराइड लगायतका समस्याबाट पीडीत भएकी रायमाझीको उपचारको लागि परिवारले आर्थिक सहयोगको लागि अपिल गरेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि धौधौ भएपछि विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गर्दै आएका छन् ।
सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. ली. मा उपचारार्थ रायमाझीलाई अस्पतालमै पुगेर वामी सेवा समाज जापानका उपाध्यक्ष कृष्ण घिमिरले नगद रकम हस्तान्तरण गरेका हुन । गुल्मीको वामीदेखि विभिन्न पेशा व्यवसायको सिलसिलामा जापानका रहेका वामीबासीहरुद्धारा गठित समाजले सामाजिक कार्यहरुमा समेत सक्रिय भूमिका खेल्दै आएको छ ।
उपाध्यक्ष घिमिरेले पीडीतलाई अस्पतालमै पुगेर सोही रकम हस्तान्तरण गरेको जानकारी दिए । विगतदेखि नै हाम्रो समाजले समाजिक दाहित्व तथा कर्तव्यको पालनामा अग्रणी भूमिका खेलेको छ उनले भने हाम्रो सानो पहल तथा सहयोगले उहाँको उपचारको लागि केही सहजता हुन्छ, जीवन जोगाउन सकिन्छ भने सकेको सहयोग गरौं भन्ने हेतुले यो आर्थिक सहयोग जुटाएर सहयोग गरेका हौं ।
उपाध्यक्ष घिमिरेले समाजले देशमा आइपरेका विभिन्न प्राकृतिक प्रकोप होस् वा महाभुकम्प लगायतका विपत्तमा समेत सहयोग गरेको बताए ।हामीहरु परदेशी भूमिमा भएपनि देश र जन्मभूमि प्रतिको माया,जिम्मेवारी सामाजिक दाहित्वसँगै कर्तव्यको पालना गर्दै आर्थिक रुपमा कमजोर र विभिन्न प्राकृतिक विपत्तमा परेका हाम्रा नेपाली दाजुभाईहरुमाथी पुगेको चोटमा थौरै भएपनि मलम लगाउने प्रयास गर्दै आएका छौं उपाध्यक्ष घिमिरेले भने जापानमा कोही नेपालीहरुलाई परेको आर्थिक संकट होस् वा कानूनी झन्झण्टमा समेत हामी उहाँहरुको साथ र सहयोगको लागि अग्रभागमा रहेर समस्या समाधानको लागि प्रयत्नरत रहँदै आएका छौं ।
उपाध्यक्ष घिमिरेले ठूला रोगहरु लाग्दा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने हामी नेपालीहरुको परिस्थितीबाट कहिले मुक्त पाइएला प्रति प्रश्न गरे । सामान्य नागरिकले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने परिस्थिती नेपालमा देखा परेका छन् । सरकारले यसतर्फ गम्भिर भएर सोच्नुपर्छ । कम्तीमा नागरिकलाई स्वास्थ्य, शिक्षा लगायतका अधारभुत आवश्यतामा पहुँच पुर्याउन सकियो भने उपचार नपाएर कोही भौतारिनु पर्दैन्थ्यो,उपचार नपाएर मर्नुपर्ने अवस्था आउँने थिएन।यसमा सरकार,नेपाली राजनीतिक दल,नितिनिमार्ण कर्ता गम्भीर हुनुपर्छ उपाध्यक्ष घिमिरेले भने ।
समाजले बिरामी हिरा रायमाझी केसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गर्न समेत अन्य संघ संस्था तथा व्यक्तिहरुलाई अपिल गरेको छ ।





