गृहपृष्ठ पाल्पा भैरवस्थान-रुपन्देही परिवारकाे अध्यक्षमा पुन: कंडेल निर्वाचित
पाल्पा भैरवस्थान-रुपन्देही परिवारकाे अध्यक्षमा पुन: कंडेल निर्वाचित
बुटवल । पाल्पा भैरवस्थान-रुपन्देही परिवारकाे अध्यक्षमा पुन : मेघराज कंडेल निर्वाचित हुनुभएकाे छ । पाल्पा भैरवस्थान-रुपन्देही परिवारकाे शनिबार बुटवलमा सम्पन्न छैठाैं साधारण सभा तथा तेस्राे अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे । नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा रामचन्द्र काेईराला, सचिवमा नारायणप्रसाद खनाल, काेषाध्यक्षमा माधवप्रसाद ज्ञवाली र सह-सचिवमा अम्बिका खनाल सर्वसम्मत निर्वाचित हुनु भएकाे छ ।

समितिका सदस्यहरुमा ममता काेईराला अधिकारी, दुर्गा देवी गौतम, कल्पना पाेखरेल, खिलाराज अधिकारी, सराेजकुमार श्रेष्ठ र दिग्विजय अधिकारी निर्वाचित हुनुभएकाे छ । त्यस्तै लेखा समितिकाे संयाेजकमा घनश्याम नेपाल तथा सदस्यहरुमा प्रदिपकुमार ज्ञवाली र मधु बिक सर्वसम्मत निर्वाचित भएकाे प्रमुख निर्वाचन आयुक्त केशव खनालले जानकारी गराउनुभयाे । साधारण सभा तथा अधिवेशनकाे उद्घाटन कार्यक्रममा संस्थाका जेष्ठ आजीवन सदस्य कर्णबहादुर ह्याेजूले संस्थाले रुपन्देहीमा रहेका भैरवस्थानबासीलाई जाेड्ने काम गरेकाे बताउदै यसकाे गतिशिलतालाई अझै बढाउन सुझाव दिनुभयाे ।
संस्थाका अध्यक्ष मेघराज कंडेलले प्रतिवेदन प्रस्तुत गर्दै पाल्पाकाे भैरवस्थानबाट बसाईसराई वा कामकाे शिलसिलामा रुपन्देही आई बसाेबास गरेका व्यक्तिहरुकाे विचमा आपसी सद्भाव तथा सहयाेग आदानप्रदान र भैरवस्थानकाे पहिचानलाई अझ व्यापक बनाउने उदेश्यले संस्था स्थापना गरिएकाे बताउनुभयाे । उहाँका अनुसार आजीवन तथा साधारण गरी दुई प्रकारका सदस्यकाे परिकल्पना गरिएकाे संस्थामा हाल १२८ जना आजीवन सदस्य छन् । त्यस्तै काेषाध्यक्ष रामचन्द्र काेईरालाले संस्थाकाे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

साधारण सभा तथा अधिवेशनकाे उद्घाटन संस्थाका जेष्ठ आजीवन सदस्य कर्णबहादुर ह्याेजूले गर्नुभएको थियो भने संस्थाका आजीवन सदस्य तथा सल्लाहकारहरु नवराज श्रेष्ठ, दुर्गा पाेखरेल, सस्थापक अध्यक्ष केशव खनाल, भैरवस्थान मन्दिर विकास समितिका अध्यक्ष तथा संस्थाका आजीवन सदस्य गाेविन्द बहादुर पाेखरेल, आजीवन सदस्य धनबहादुर रायमाझी, मालती विक, लगायतले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे । सचिव जीवन अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष अर्जुन बिकले स्वागत मन्तब्य राख्नुभएको थियो ।
जनप्रतिनीधिमा निर्वाचितलाई सम्मान
उक्त अवसरमा जनप्रतिनीधिमा निर्वाचित संस्थाका सदस्यहरुलाई सम्मान गरिएकाे थियो । बुटवल उपमहानगरपालिका वडा नं. ८ काे वडा सदस्य पदमा निर्वाचित संस्थाकी सहसचिव सीता खनाल र रिब्दीकाेट गाउँपालिका वडा नं. ४ भैरवस्थानको वडा सदस्य पदमा निर्वाचित संस्थाका लेखा समिति सदस्य दुर्गाप्रसाद ढकाललाई सम्मान गरिएकाे थियो ।






