गृहपृष्ठ युरोपा लिग : रियल बेटिसलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनल प्रवेश
युरोपा लिग : रियल बेटिसलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनल प्रवेश
काठमाडौँ । म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा रियल बेटिसलाई १–० ले पराजित गर्दै युनाइटेड अन्तिम ८ मा पुगेको हो।
युनाईटेडको जितमा मार्कोस रासफोर्डले खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए। यससँगै युरोपा लिगको यो सिजनमा रासफोर्डले ६ गोल पुरा गरेका छन्।





