२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ देशभरको मौसमी अवस्था आज यस्तो रहनेछ

देशभरको मौसमी अवस्था आज यस्तो रहनेछ

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार